पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

हत्या आरोपमा माओवादी नेतृ पञ्चा सिंह सहित ६ जना बिरुद्ध पक्राउ अनुमति

२०८० माघ ७, आइतवार १९:१५ बजे

सुर्खेत- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई १५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । 

सुर्खेत प्रहरीका अनुसार २०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन मा.वि.मा अध्ययनरत कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा किटानी जाहेरीमा नाम उल्लेख भएका पञ्चा सिंह सहित कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट शुक्रबार पक्राउ अनुमति पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पाठशाला न्युजलाई बताएकाछन्। 

प्रहरीले २०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो । निज राजबहादुरको हत्या खुकुरी प्रहार गरिभएको बताइएको छ