पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आजको मौसम :लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

२०८० माघ २४, बुधवार ०८:०४ बजे

काठमाडौं : पश्चिमी वायूको आंशिक प्रभावका कारण अहिले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।