पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

घरको ताल्चा फुटाइरहेको अवस्थामा चोर पक्राउ

२०८० चैत्र २०, मंगलबार १६:०९ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वडा प्रहरी कार्यालय बिर्ताले १ जनालाई ताल्चा फुटाउने औजारसहित पक्राउ गरेको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी श्रवण सर्राफको घरको ताल्चा फुटाइरहेको अवस्थामा प्रहरीलाई आएको सूचनाको आधारमा प्रहरीले चोरलाई ताल्चा फुटाउने औजार सहित पक्राउ गरेको हाे । 

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीय प्रवेज खान रहेकाे वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जनाएका छन्। 

उनकाअनुसार निजविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।