पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

काठमाडौंको हालसम्मको न्यून तापक्रम ३.८ डिग्रीसेल्सियस

२०८० पौष २०, शुक्रबार ०८:३२ बजे

काठमाडौं : काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस मापन गरिएको छ ।
‘आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस मापन गरिएको छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना पनि हुन्छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।’ दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्रीसेल्सियसकोबीचमा रहनेछ । हिजो काठमाडौंको तापक्रम ४.५ डिग्रीसेल्सियस थियो ।
यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा आज वर्षा हुने भएको छ । केही उच्च पहाड र हिमाली भूभागमा वर्षाको सम्भावना रहेको छ ।