पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

धनुषामा कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको आरोपमा उजुरी

२०८१ वैशाख १७, सोमवार १३:४८ बजे

जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय, धनुषामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध नागरिकता सम्बन्धी कसुरमा उजुरी परेको छ।

स्रोतका अनुसार सिरोहियाले विभिन्न निकायमा बुझाएका नागरिकतामा फरक  फरक नागरिकता नम्बर उल्लेख गरिएकाेले भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी परेको  हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले आइतबार उनीविरुद्ध नागरिकता सम्बन्धी कसुरमा निवेदन परेको जानकारी दिएका छन्। कसले निवेदन दिएको हो भन्ने सम्बन्धमा केहि जानकारी दिन नमिल्ने उनले बताएका छन्। 

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने नागरिकता सम्बन्धी कुनै प्रकारको उजुरी तथा निवेदन जिल्ला प्रशासन कार्यालयमा नपरेको बताए।