पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्न छर्कियो म्याद गुज्रिएको औषधी

२०८० आश्विन ११, बिहीवार २०:२६ बजे

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि छर्किएको कीटनाशक औषधि (थर्मल स्प्रे) म्याद नाघेको भेटिएको छ ।
भदौं २४ गतेदेखि छर्कने काम गरिएको औषधि म्याद नाघिएको भेटिएको हो । रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा लामखुट्टे नमरेको स्थानियहरुले बताउनुहुन्छ ।
औषधि छर्किएको क्षेत्रमा खरानी छर्किए झै भएको छ । छरिएको औषधिको उत्पादन मिति २०१९ मे लेखिएको छ भने २ वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएको ३ वर्षपछि औषधि छर्किएको पाइएको हो ।
चन्द्रपुर नगरपालिका वाड नं. ६ को मोथियाही गाउँबाट औषधी छिट्ने कार्य नगर प्रमुख संजय कुमार काफ्ले आफैले सुरु गर्नुभएको थियो ।
उहाँले औषधी एक महिना अगाडी आएको भएपनि वर्षा तथा विभिन्न प्राविधिक कारणले औषधी छिट्नको लागी समस्या भएर ढिलो भएको बताउनुभएको छ । तर अहिले घर दैलोमा छर्किएको औषधि म्याद नाघेको भेटिएको छ ।