पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

इटालीले टिकटकलाई लगायो ११ मिलियन डलर जरिवाना

२०८० चैत्र २, शुक्रबार ०९:१० बजे

एजेन्सी : इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।
इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गराएको हो ।
एन्टिट्रस्ट एजेन्सीका अनुसार टिकटक जो जुन चीनको वाइट डान्सको स्वामित्वमा रहेको छ, त्यसले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।
वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, जहाँ टिकटक चुकेको जनाइएको छ ।
बिहीबार एक विज्ञप्तिमार्फत भिडियो–साझेदारी प्लेटफर्म टिकटकले हानिकारक सामग्रीको फैलावटबाट बच्न र बचाउनका लागि अझै पर्याप्त उपायहरू नलिएको जनाएको छ ।

एजिसिएमद्वारा उल्लेख गरिएको हानिकारक सामग्रीको एउटा उदाहरण हो, जसलाई ‘फ्रान्सेली दाग’ प्रवृति भनेर चिनिन्छ, जसमा टिकटक प्रयोगकर्ताहरूले आफ्नो गालामा चिरस्थायी घाउ छोडेको देखाइएको छ ।
टिकटकका प्रवक्ताले जरिवाना गराउने इटालीको घोषणा प्रति असहमति रहेको जनाए । उनले भने, ‘एजिसिएमको सो निर्णयसँग टिकटक असहमत छ किनभने तथाकथित ‘फ्रान्सेली दाग’ सबन्धी सामग्रीका बारेमा गत वर्ष एजीसीएमको घोषणा अघि नै इटालीमा औसत १ सयवटा दैनिक खोजी गरेको थियो र हामीले धेरै पहिले यस्ता सामग्रीको दृश्यता १८ वर्षमुनिमा प्रतिबन्धित गरिसकेका थियौं ।’
टिकटकले केही समय यता देखी युरोपेली नियामकहरूको क्रसहेयरमा रहेको छ र यसअघि पनि उसले सयौं मिलियन डलरको जरिवानाको सामना गरिसकेको छ ।
युरोपियन युनियनमा टिकटकका गतिविधिहरूको निरीक्षण गर्ने आयरिश डेटा संरक्षण आयोगले गत सेप्टेम्बरमा प्लेटफर्मलाई ३७६ मिलियन युरो जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना गर्नु अघि उसको यो तर्क थियो कि टिकटकले बच्चाहरूको सुरक्षा गर्न असफल भएको छ ।
युरोपियन नियामकहरूले यो पत्ता लगाएका थिए कि बच्चाहरूको नयाँ सिर्जना गरिएका प्रोफाइलहरू पूर्वनिर्धारित रूपमा सार्वजनिक रूपमा सेट गरिएको थियो, जसको अर्थ इन्टरनेटमा जो कोहीले पनि हेर्न सक्छ ।
टिकटकका लागि यो साता पनि कठिन भइरहेको बेला इटालीको यो जरिवाना घोषणा भएको हो । गत बुधवार मात्रै अमेरिकी प्रतिनिधि सभाले एक विधेयक पारित गर्यो, जसले अमेरिकामा ६ महिना भित्र टिकटक माथी प्रतिबन्ध लगाउन सक्छ ।