पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

धादिङमा बस दुर्घटना, २० तीर्थयात्री घाइते

२०८० फाल्गुण ५, शनिवार १३:०६ बजे

मलेखु : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।