पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

२०८० भाद्र ८, शुक्रवार १८:५९ बजे

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा चुनिएका छन् । (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट महत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रवार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्ड्सको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन्। यसअगाडि मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए ।
साथै उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी मानिसका लागि पानीको स्रोत रहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराए ।