पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

२०८० चैत्र ३, शनिबार ०८:५७ बजे

काठमाडौं : सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ ।
साझा न्यूनतम नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नुपूर्व कार्यदलको बैठक बस्न लागेको हो ।
गठबन्धन निर्माणका क्रममा साझा न्यूनतम नीति तथा कार्यक्रम बनाएर सरकार अघि बढ्ने सहमति भएको थियो ।