पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

मौसम : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना

२०८० फाल्गुण १४, सोमवार ०९:३८ बजे

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।