काठमाडौं- आज असोज ३ गते अर्थात संविधान दिवसको दिन पारेर सर्वसाधारणको लागि धरहरा खुलाइँदै छ । आज संविधान दिवसको दिन सर्वसाधारणको लागि निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।
संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्यले जानकारी दिइन् ।
२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ। परीक्षणका लागि बुधवार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन।