पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

किसानलाई दुग्ध विकास संस्थानद्वारा ४८ करोड रकम भुक्तानी

२०८१ बैशाख १४, शुक्रबार ११:३२ बजे

काठमाडौं- दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ।

 गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ दूध, दही, मोही, पनिर, लसी, आइसक्रिमको बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिदैं डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण गरि १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो। 

डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा रु १० करोड, जनकपुर क्षेत्रमा रु एक करोड, हेटौँडा क्षेत्रमा रु आठ करोड, लुम्बिनी क्षेत्रमा रु चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा रु दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा रु एक करोड ५० लाख र काठमाडौँ क्षेत्रमा रु १३ करोड किसानको रकम भुक्तानी गरेको हो।