पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको सानदार जित निकाल्यो

२०८१ वैशाख २७, बिहीवार ०१:०३ बजे

एजेन्सी – हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको छ । 

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको हो । 

हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनऊविरुद्ध छिटो समयमा जित दिलाएका थिए । 

हेडले ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन बनाएर नटआउट रहे । उनका ओपनिङ पार्टनर अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आयुष बडोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए भने निकोलस पूरनले २६ बलमा ४८ रनमा अविजित रहे । कप्तान केएल राहुलले ३३ बलमा २९ रन बनाए भने क्रुणाल पाण्ड्याले २१ बलमा २४ रनको इनिङ खेले ।

हैदरावादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।

हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स १६–१६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।