पाठशाला न्यूज
 २०८१ बैशाख ३०, आईतबार    

भोलिदेखि भक्तपुरमा सन्त समागम हुने

२०८० चैत्र २, शुक्रबार १९:४० बजे

भक्तपुर- भोलिदेखि भक्तपुरको सल्लाघारी मैदानमा दुई दिने सन्त समागम हुने भएको छ। सन्त निरंकारी मण्डल नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी '२३औं निरंकारी सन्त समागम नेपाल’ चल्ने जानकारी दिएको हो। 

कार्यक्रमका लागि एक हजार दुई सय जना स्वयंसेवक खटाइएको आयोजकले जनाएको छ । कार्यक्रममा नौ हजार भारतीय र पाँच हजार नेपाली उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ।

सुरक्षाकर्मीदेखि नै सत्संघका खटिने जनाइएको छ। उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खानेबस्ने व्यवस्था, यातायात, पानी सवैको बन्दोवस्त गरिएको जनाइयो।

त्यहाँं भेला हुने मानिसका लागि पाँंच सय वटा शौचालयहरूकोसमेत व्यवस्था गरिएको जनाइयो। नि:शुल्क दिनमा तीन छाक प्रसादको व्यवस्था रहे पनि थप खानेकुारको लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो।

पत्रकार सम्मेलनमा आयोजक सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर राउतले नेपालमा हुन लागेको यो अहिलेसम्मकै भव्य समारोह रहेको बताए। समारोह सल्लाघारीको १०८ रोपनी क्षेत्रफलमा फैलिएको पूर्व राजा हाल नेपाल टष्टको नाममा रहेको खाली जग्गामा हुने छ।

सम्मेलनमा आयोजक संस्थाका विदेश विभाग प्रमुख विनोद बोहराले कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुदेखि लिएर सांसदहरु तथा भिआइपीहरू सहभागी हुने योजना रहेको सुनाए। पत्रकार सम्मेलनको कार्यक्रममै सांसद उपस्थित रहेको थियो । सम्मेलनमा संस्थाका प्रेस संयोजक विमल सिंह (केटी मान्छें)ले कायृक्रम सभ्य र भव्य रुपमा सुसम्पन्न हुने बताइन्।

कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरी पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए।

सो कार्यक्रमका लागि  कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ।

१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा एक सय २५ सत्संघ भवन रहेको कार्यक्रममा बताइएको छ।