पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन

२०८१ वैशाख २९, शनिवार २०:२४ बजे

काठमाडौं- आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ ।

इन्डियन प्रिमियर लिगको ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो । राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो ।

दिल्ली क्यापिटल्सले तेस्रो पटक न्यूनतम ओभर रेटको सीमा उल्लंघन गरेको कारण यो कारबाही गरिएको हो ।

यति मात्र होइन, पन्त बाहेक टिमका सबै सदस्यलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम हुन्छ, जरिवाना गरिएको छ ।

यसअघि पनि आईपीएलका क्रममा धेरै चर्चित खेलाडीलाई खेलबाट निलम्बन गरिएको थियो ।

हरभजन सिंह, रविन्द्र जडेजा र डेभिड वार्नरलाई लिग नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको थियो ।