पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

‘रुसी सेनामा भर्ती भएर भागे ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

२०८० फाल्गुण ६, आइतवार ११:५६ बजे

काठमाडौं-  रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।