पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

रौतहटमा प्रतिबन्धित औषधिसहित एक जना प्रहरी नियन्त्रणमा

२०८० फाल्गुन २४, बिहीबार १३:३६ बजे

रौतहट : रौतहटमा प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले बुधवार राति विभिन्न प्रकारका प्रतिबन्धित औषधि सहित एक पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ५० वर्षीय रामप्रवेश साह कलवार रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । कलवारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको श्रेष्ठले जानकारी दिए ।
उनको साथबाट भारतमा निर्मित नेपालमा प्रतिबन्धित २२ प्रकारको औषधि र एउटा मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।
बरामद औषधीसहित आजै कलवारलाई औषधि व्यवस्था विभाग वीरगन्ज पठाइने समेत डिएसपी खनालले जानकारी दिए ।