पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

सञ्चारकर्मी सुष्मिता यादव र ट्राफिक प्रहरी बिच सहमति

२०८१ जेष्ठ १३, आइतवार १२:४८ बजे

जलेश्वर सर्राफ 

वीरगंज- माई टेलिभिजनका महिला सञ्चारकर्मी सुष्मिता यादव र ट्राफिक प्रहरी बिच सौहार्दपूर्ण सहमति भएको छ । 

यसअघि माई टेलिभिजनका महिला सञ्चारकर्मी सुष्मिता यादव माथि पर्सा प्रहरीले रिपोर्टिङको क्रममा दुर्व्यवहार गर्दा कारवाहीको माग गर्दै सञ्चारकर्मी यादव वीरगंज घण्टाघरमा धर्नामा बसेकी थिईन्। 

स्वतन्त्र पत्रकारिता गर्दा पत्रकारिताको बिभिन्न संघ संगठनहरुबाट धर्नामा बस्दा आफुलाई सहयोग नभएको बरु उल्टै घटनालाई मोडेर अफवाहहरु फैलाएको उजागर गर्दै बरिष्ठ सईको नेतृत्वमा आपसी समझदारी कायम गरि सहमति भएको सञ्चारकर्मी यादवले उल्लेख गरेकीछिन्। 

कारवाहीको माग गर्दै दिनरात धर्नामा एक्लै बसेकि सञ्चारकर्मी यादवको समाचार पाठशाला न्युजले यसअघि समाचार सम्प्रेषण गरे लगत्तै दुइ पक्षहरू बिच सहमति भएको हो ।