पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

शाहरूख खानले राखे फिल्मफेयर अवार्डमा नयाँ रेकर्ड

२०८० माघ ४, बिहीवार २१:२५ बजे

मुम्बई : बलिउड अभिनेता शाहरूख खानले फिल्मफेयर अवार्डमा नयाँ रेकर्ड राखेका छन् ।
मंगलबार भारतको ६९ औं फिल्मफेयर अवार्डका मनोनयन घोषणा गरिएको छ । यसमा उनले नयाँ रेकर्ड राखेका हुन् । उनका फिल्म ४१ विधामा मनोनीत भएर नयाँ रेकर्ड बनाएको हो ।
गत वर्ष उनको फिल्म ’पठान’, ’जवान’, र ’डंकी’ प्रदर्शन भएको थियो। यी तीनै फिल्मबाट उनले चर्चा कमाएका छन्। उनको ’पठान’ र ’जवान’ १६÷१६ विधामा मनोनीत भएको छ । साथै ’डंकी’ ९ विधामा मनोनीत भएको छ ।
शाहरूखका फिल्म ’पठान’ र ’जवान’ सर्वश्रेष्ठ फिल्ममा मनोनीत भएको छ। योसँगै ’रकी और रानीकी प्रेम कहानी’, ’१२ वीं फेल’, ’एनिमल’ र ’ओएमजी २’ पनि सर्वश्रेष्ठ फिल्ममा मनोनीत भएका छन् ।
भारतीय संचारमाध्यम बलिउड हंगामाका अनुसार अवार्ड समारोह २७ र २८ जनवरी भारतको गुजराजमा हुने भएको छ ।
शाहरूखले पहिला पनि फिल्मफेयर अवार्ड जितिसकेका छन्। उनले ’बाजीगर’, ’डिडिएलजे’, ’दिल तो पागल हे’ फिल्मबाट अवार्ड जितेका थिए ।