पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी १९ जनाको मृत्यु

२०८० फाल्गुण २७, आइतवार ०९:१५ बजे

एजेन्सी : इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो इडवानले बताए ।
धेरैजसो मृतक पेसिसिर सेलाटन रिजेन्सीमा फेला परेका थिए ।

त्यहाँबाट १७ शव फेला परेका थिए भने बाँकी मृतकहरू परियामान रेजेन्सीमा फेला परेका छन् । बाढीबाट १६ वटा पुल भत्किएर डुबानमा परेको, सडक अवरुद्ध भएको र घर पनि बगेकाले प्रकोप प्रभावितलाई राहत वितरणमा बाधा पुगेको एजेन्सीहरुले जनाएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख फजर सुकमाले शनिबार बाढी कम भए पनि हजारौँ घर डुबानमा रहेको जानकारी दिए ।