पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

२०८१ वैशाख २३, आइतवार ०७:३४ बजे

काठमाडौं : जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आइतबार (आज) काठमाडौं आउँदैछिन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् ।
उनले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।