पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

२०८० फाल्गुन ११, शुक्रबार १६:५७ बजे

काठमाडौं : राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएका थिए ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेस गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक यही फागुन १४ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ ।