पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस, पहाडी भू–भागमा आंशिक बदली

२०८० पौष ४, बुधबार ०८:१९ बजे

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जनाएको छ ।
आज वर्षा तथा हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको हो ।
यसैबीच, बिहानको समयमा भिजिविलिटी कम भए पनि धेरै समय नरहने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “बिहानको समयमा भिजिविलिटी केही डाउन छ । तर यो त्यति धेरै असर गर्ने खालको छैन,” उनले भनिन्, “दिनभर रहने हुस्सु कुहिरो छैन । केही समयमै हट्छ । देशको आधा भू–भागमा बादल लागेको छ । बादल लागेपछि बाक्लो हुस्सु र कुहिरोको सम्भावना हुँदैन ।”
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।