पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

बालेनको व्यङ्ग्य- अरुलाई के भनम, म आफै खराब छु !

२०८० चैत्र २७, मंगलबार १९:३१ बजे

काठमाडौं-  काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यङ्ग्य लेखेका छन्।

उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यङ्ग्य गरेको बुझ्न सकिन्छ । 

उनले लेखेका छन्- 

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,

राजा खराब भो ,

म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,

जनतन्त्र हराम भो ,

म जनता हुँदा नेता बन्न खोज्छु ,

नेता बन्दा जनता लडाउछु ,

कम्जोर हुँदा बलियोलाई रोज्छु ,

बलियो हुँदा आफै हराउछु !

म अरुलाई के भनम ,म आफै खराब छु !!