पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन

२०८१ बैशाख १४, शुक्रबार ११:२७ बजे

काठमाडौं-  नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । 

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन निर्देशनमा तयार भएको हो । फिल्मका निर्माता बद्री अधिकारी रहेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय रहेको छ ।