पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

अव्यावहारिक कर खारेजीको माग गर्दै देशभरका सिनेमा हल बन्द

२०८० माघ २२, सोमवार ०९:४० बजे

काठमाडौं : देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् ।
संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै आज सञ्चालकहरूले हल बन्द गरेका हुन् । अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा विरोधस्वरूप आज एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गरिएका हुन् ।
३३ प्रतिशतभन्दा धेरै कर लगाइएको भन्दै संघले सरकारको दोहोरो कर प्रणालीले हल बन्द हुने अवस्थामा पुगेको बताउँदै आएको छ ।