पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट

२०८१ जेष्ठ ६, आइतवार १६:५० बजे

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुगेका छन् ।

यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्रीले जेठ ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन माग गरेका छन् ।

जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ । उनले सर्वोच्चको सो फैसला नआउन्जेल विश्वासको मत लिने प्रक्रिया रोक्न माग गरेका छन्।