पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेपाल भ्रष्टाचारको सूचकांकमा १०८ औँ स्थानमा

२०८० माघ १६, मङ्गलवार १२:१२ बजे

काठमाडौं : नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ममंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८ औँ स्थानमा परेको हो ।
तथ्यांकअनुसार नेपाल यो स्थानमा पुगेको हो । १८० देशमध्ये १०८ स्थानमा उक्लेको हो । २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो ।