पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

आरती साह मृत्यु प्रकरण: सासु रेणुदेवी साह पक्राउ

२०८० चैत्र ४, आईतबार २०:१७ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक स्थित आरती साहकी सासु ५५ वर्षीया रेणुदेवी साहलाई आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ। 

यसअघि आफ्नै बुहारी मारेको आरोपमा परेको कर्तव्यज्यानको मुद्दामा फरार प्रतिवादी रहेकी साहलाई धनुषा प्रहरीले हाल पक्राउ गरेको हो । उनीसँगै आरतीका श्रीमान मोतीबाबु साह, देवर रवि साह, ससुरा मदनमोहन साह बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा कर्तव्यज्यान मुद्दा दायर गरेको थियो । 

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा भेटिएकी थिइन् । यसलगत्तै आरती साहको आमा बुबाले सासु, ससुरा, श्रीमान, देवरलगायतविरुद्ध जाहेरी दिएका थिए।