पाठशाला न्यूज
 २०८१ आषाढ १९, बुधवार    

टिआरसीमा सहमति खोज्न बन्यो तीन सदस्यीय कार्यदल  

२०८१ आषाढ १७, सोमवार १२:३१ बजे

काठमाडौं- गत शुक्रवार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न कार्यदल गठन गर्ने निर्णय गरे पछि आइतवार बेलुका तीनै दलले सहजीकरणका लागि एक–एक जनाको नाम दिए लगत्तै सहजीकरण कार्यदल बनेको छ ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि सो सहमति भएको थियो। 

सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य रहेका छन्।