पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

आयोगद्वारा पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

२०८० चैत्र २, शुक्रबार ११:१३ बजे

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार बुझेको सुन तस्करी सम्बन्धी छानविन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ। 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । 

गृह मन्त्रालय उच्च स्रोतका अनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यसअघि महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि हालसम्म थुनामा रहेकाछन् ।