पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

मोटरसाइकल दुर्घटनामा परि साहको मृत्यु

२०८० पौष २९, आईतबार २१:५१ बजे

जलेश्वर सर्राफ 

वीरगन्ज- पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ पटनीमा शनिवार राति भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।

पोखरीया नगरपालिका वडा नम्बर १० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मृत्यु भएको हाे ।

सखुवा प्रसौनी गाउँपालिका-५ पटनि स्थित बाटोमा ना.१० प १५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका साहलाई उपचारको लागी पोखरीया अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

दुर्घटनामा परेकाे मोटरसाइकलमा पन्नालाल सहित ३ जना सवार रहेको र अन्य २ जना भने फरार रहेको बुझिएको छ ।

पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाको अनुसार साहकाे माेटरसाइकल दुर्घटनामा परि मृत्यु भएकाे परिवारजनले बताए पनि मृत्यु हुनुको खास कारण भने अहिलेसम्म खुल्न नसकेको बताए । शव पाेष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएकाे र पाेष्टमार्टम रिपोर्ट आएपछिमात्रै मृत्युको खास कारण खुल्ने उनले बताए।

हाल फरार रहेका दुई जना व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ।