पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार

२०८० चैत्र १४, बुधवार २१:३१ बजे

काठमाडौँ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।
बुधबार उच्च अदालतले प्रवर्तन निदेशालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अब यस मुद्दाको अर्को सुनुवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ ।
मुख्यमन्त्री केजरीवाललाई दिल्लीको कथित मदिरा घोटाला प्रकरणमा मार्च २१ को राती उनको नयाँ दिल्लीस्थित निवासबाट हिरासतमा लिइएको थियो । भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो ।
उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।