पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: इङ्गल्याण्डलाई पराजित गर्दै भारत १२ अंक सहित शिर्ष स्थानमा

२०८० कार्तिक १३, सोमवार ०७:१३ बजे

काठमाडौं- विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ। भारतको लखनऊमा आइतबार राती सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा २२९ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाएका थिए। भारतका सूर्यकुमार यादवले ४९ तथा केएल राउलले ३९ रन बनाएका थिए। यस्तै विराट कोहली ० रन, शुभमन गिल ९ रन,रवींद्र जाडेजा ८ रन, मोहम्मद शमी १ रन, जसप्रीत बुमराह १६ रन, तथा श्रेयस अय्यर ४ रनमा आउट भए। कुलदीप यादव ९ रनमा नट आउट रहे। इग्ल्याण्डका डेविड विली तीन विकेट र क्रिस वोक्स र आदिल रशीदले दुई दुई तथा मार्क वुडले एक विकेट लिए ।  

२३० रनको चुनौती पाएको इङल्यान्ड ३४.५ ओभर खेल्दै १२९ रनमै समेटिएको थियो ।इग्ल्याण्डका लियम लिविंगस्टनले २७ रन, डाविड मलानले १६ रन मोईन अलीले १५ रन,जॉनी बेयरस्टोले १४ रन, आदिल रशीदले १३ रन तथा कप्तान जॉस बटलरले १० रन बनाए । जो रूट र बेन स्टोक्स सुन्य सुन्य रनमा आउट भए। भारतका लागि मोहम्मद शमीले ४, जसप्रीत बुमराहले तीन, कुलदीप यादवले दुई तथा रवींद्र जाडेजाले एक विकेट हात पारे।  

जितसँगै भारतले ६ खेलबाट १२ अंक हासिल गर्दै पहिलो स्थान ओगट्न सफल भएको छ । उता लगातार ५ हारबाट निराश बनेको इङल्यान्ड भने एक खेल जितेर २ अंक सहित लिगको पुछारमा छ ।