पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

भारतमा एकसाथ ११२ राष्ट्रिय राजमार्गको शिलान्यास, द्वारका एक्सप्रेसको उद्घाटन

२०८० फाल्गुण २८, सोमवार १५:१० बजे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् ।

यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् ।

लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक साथ शिलान्यास गर्न लागेका हुन् ।

हरियाणाबाट दिल्ली आउने द्वारका एस्सप्रेस वेको उद्घाटन समेत उनले आजै गर्दैछन् । कुल १९ किलोमिटर लामो यो एक्सप्रेस वे’मा ८ लेन रहेका छन् ।

यसको लागत ४१ सय करोड भारतीय रुपैयाँ रहेको र यात्रा २५ मिनेटमा पुरा हुने भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यसबाहेक देशभरिका विभिन्न राज्यमा ३२ हजार ७ सय करोड भारतीय रुपैयाँ बराबरका सडक आयोजनाको शिलान्यास गर्दैछन् ।