पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८० चैत्र ९, शुक्रवार १२:३१ बजे

काठमाडौं- सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला छापावाला सुन १ लाख २७ हजार ८०० र तेजाबी सुन प्रतितोला १  लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ ले घटेर १ हजार ५०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।