पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

२७ थान सालको कणी बरामद

२०७९ माघ ८, आईतबार २०:०१ बजे

दिपु मिश्र
चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वाट सालको कणी बरामद भएको छ ।
आईतबार ढुङ्गा बोकेको चन्द्रनिगाहपुरकै नया ट्रयाक्टरबाट सालको कणी बरामद भएको हो । चन्द्रनिगाहपुर सरकारी अस्पतालको नजिकबाट कणी नियन्त्रणमा लिईएको गैडाटार सव डिभिजनका फरेस्टर सहेन्द्र झा ले जानकारी दिएका छन् ।
ट्रक्याटर दक्षिणको वन बाट कणी सहित ढुङ्गा बोकेर आएको अनुमान रहेको फरेस्टर झा को भनाई रहेको छ ।
उनले ६–४ को ६ फिटको १२ थान,६–४ को ७ फिटको ७ थान,४–३ को ६ फिटको ७ थान र ४–३ को ७ फिटको १ थान गरि जम्मा २७ थान सालको कणी बरामत भएकोे जानकारी दिएका छन् ।
तस्करी गर्न लागेको ट्रयाक्टर चन्द्रनिगाहपुरकै नया रहेको तथा थप अनुशन्धान जारी ट्रयाक्टर छिट्टै नियन्त्रणमा लिने डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले पाठशाला न्युजलाई जानकारी दिएका छन् । रौतहटमा पछिल्लो समय सालका काठ तिब्ररुपमा तस्करी भएको स्रोतले जानकारी दिदै आएको  छ ।