पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

आज तराई होलि, हर्सोलासपूर्वक मनाइँदैं

२०८० चैत्र १२, सोमबार ०८:२३ बजे

काठमाडौं : हिमाली तथा पहाडी क्षेत्रमा आइतबार मनाइएको होली देशको तराई–मधेश क्षेत्रमा आज(सोमबार) हर्सोलासपूर्वक मनाइँदै छ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा छ ।
सरकारले तराईका जिल्लाहरुमा आज (सोमबार)सार्वजनिक बिदा दिएको छ ।
स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।