पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

रौतहटको गाँउ–गाँउमा रास्वपा अभियान (फोटो फिचर )

२०८० मंसिर ११, सोमबार १२:०१ बजे

रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गाँउ–गाँउमा रास्वपा अभियान सुरु गरेको छ ।
आईतवार राष्ट्रिय स्वतन्त्र पार्टीकी माननिय साँसद सोभिता गौतम रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबौअहरी र वडा नम्वर ८ मर्धर गैरीगाँउ र बेतौना स्थित गाँउ–गाँउमा रास्वपा अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरेकी हुन् ।  साँसद गौतमले घरदैलो कार्याक्रम संगै जन–गुनासोहरु सुन्दै समाधानका प्रकृयाहरु प्रस्ट पारेकी छिन् । उनले आफु लगायत आफ्नो पार्टिले गर्न सक्ने कामहरु सम्पुर्ण समाधान गर्ने प्रतिवद्धता गरिन् ।
उनले हामी भोटको राजनिति गर्न लागि गाँउगाँउमा आएका हैनौं जनताको गुनासो तथा समस्याहरुलाई समाधान गर्ने गरी घर–घर,टोल–टोलमा आएको बताईन् । उनले असल नेताको नेतृत्व पहिचान गराउन रातदिन जनताको घरदैलोमा पुग्ने गरेको जानकारी दिईन् ।

रास्वपाको घरदैलो कार्यक्रममा रास्वपाको चन्द्रपुर नगरपालिका नगर सभापति उदय नारायण सापकोटा (सुरेन) लगायत रास्वपाको नेताहरुको सहभागिता रहेको थियो ।

यस अघि लगातार तिनदिन देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेस यात्रामा रहेका छन् ।