पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

ओलीलाई भेट्न बालकोट पुगे विप्लव र प्रकाण्ड

२०८० चैत्र ९, शुक्रबार ११:४४ बजे

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन् ।
भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ ।