पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

आज नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवस मनाईदै

२०८० चैत्र १६, शुक्रबार ०८:५१ बजे

काठमाडौं : नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ । महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् । उनले अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको बताएका छन् ।
‘नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरूप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानूनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्बन्धित निकायलाई महासंघले पटकपटक आग्रह गर्दै आएको छ’,उनले भनेका छन् तथापि नयाँ कानुन निर्माण र बनेका कानूनहरूको सही ढंगले कार्यान्वयनका सन्दर्भमा चाहेचस्तो उपलब्धि देखिएको छैन ।’ उनले प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।
२०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।