पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

जाडो बढेसँगै हुनसक्छ इन्फ्लुएन्जा, यसरी बच्न सकिन्छ

२०८० पौष १, आईतबार ०९:१० बजे

काठमाडौं : जाडो बढेसँगै श्वासप्रश्वासजन्य रोगको संक्रमण बढ्दै गएको छ । तीमध्ये एक हो, इन्फ्लुएन्जा अर्थात् फ्लू । इन्फ्लुएन्जा भइरसका कारण श्वासप्रश्वासमा हुने संक्रमण हो फ्लू । यसले विषेशगारी रोग प्रतिरोधी क्षमता कम भएका, बालबालिका, ज्येष्ठ नागरिक तथा स्वस्थ व्यक्तिलाई समेत आक्रमण गर्नसक्छ ।
ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेसी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु,नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुुस हुनु फ्लूका लक्षण हुन् । तर, फ्लू भएका सबै बिरामीलाई ज्वरो नआउन पनि सक्छ । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा, निस्किएका छिटाको माध्यमबाट दोस्रो व्यक्तिमा भाइरस सर्नसक्छ । त्यस्तै, भाइरस भएको कुनै सतह छोएर मुख वा नाकमा हात पुर्याउँदा पनि फ्लू सर्नसक्छ ।
यतिबेला मौसमको आद्रता सुख्खा हुने र प्रदुषण पनि बढेका कारण ब्याक्टेरियाले शवासप्रश्वासजन्य संक्रमण गराउने सम्भावना बढी हुने वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । हावामा भएका यस्ता जीवाणुहरू श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्नसक्छन् ।

यसरी भित्र पुगेका जीवाणुले फोक्सोको भित्तामा पुगेर आक्रमण गर्छन् र त्यहाँ तरल पदार्थ जम्मा हुनपुग्छ । यही अवस्था निमोनिया हो, निमोनियाले श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न हुन्छ र अक्सिजनको कमी गराइ गम्भीर समस्या निम्त्याउनसक्छ ।
बिरामी भएका व्यक्तिसँग भौतिक दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, मास्कको प्रयोग गर्नेजस्ता सुरक्षाका उपाय अपनाइ फ्लू सर्नबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।