पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हरायो

२०८१ वैशाख २३, आइतवार २१:११ बजे

एजेन्सी – अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । 

लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएका हुन्।

जितपछि इन्टर मियामी १२ खेलबाट २४ अंकका साथ शीर्ष स्थानमा कायम छ । न्युयोर्क आर्बी भने ११ खेलबाट १७ अंकका साथ चौंथो स्थानमा छ ।

खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको थियो । ४८ औं मिनेटमा मेस्सीको पासलाई माटियस रोजसले बराबरी गोल गरे । ५० औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गरेपछि खेलमा मियामी अघि बढ्यो ।

रोजसले नै ६२ औं मिनेटमा मेस्सीकै पासमा गरे । सुआरेजले लगातार ६८ औं, ७५ औं र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । सुआरेजको सबै गोलमा मेस्सीको पास रह्यो । इन्ज्युरी समयको पाँचौं मिनेटमा न्युयोर्कले पेनाल्टीमा अर्को गोल फर्काएको हो ।