पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

जसपा नेपाल तत्काल सरकारमा सहभागी नहुने

२०८० फाल्गुण २३, बुधवार १८:१४ बजे

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए । मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ ।
नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएसँगै मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ ।
बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।