पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

लोकप्रिय बन्दै ‘काले केटाले’ को भिडियो

२०८० श्रावण २४, बुधवार १८:०५ बजे

काठमाडौं–नेपाली सिनेमामा हम्मेसी रिच प्रोडक्सन भएको गीतको भिडियो हेर्न पाइँदैन । न्यून बजेट नै यसको मुख्य कारण हो। तर, केही सिनेमाले भने गीतको भिडियोमा पनि महँगो बजेट खर्चिन थालेका छन्। यसको पछिल्लो उदाहरण हो–सिनेमा ‘ऐंचो पैंचो’। र, यसको गीत ‘काले केटाले ‘को भिडियो।’
यो गीत सिनेमाको कथाभित्र कुन सन्दर्भ र के प्रयोजनका लागि हो त्यो त अहिलेसम्म रहस्यकै गर्भमा छ । तर, सिनेमा भित्र कस्तोकथामा यो गीत आउँछ त्यो त सिनेमा हेरेपछि नै थाहा होला । अहिलेलाई भने यो गीतले दर्शक तथा स्रोताको मन जितिरहेको छ । लोकप्रिय बन्दै भएको गीत अहिले चर्चामा छ ।
झट्ट गीत सुन्दा र हेर्दा आइटम सङ जस्तो पनि तर थोरै लोकलयमा मिश्रित यो यतिबेला सिनेमाको राम्रो प्रचार सामग्री भने बनिरहेको छ । लोक र आधुनिक गीत सिर्जनाको शिखरमा रहेका रहेका सर्जक एकनारायण भण्डारीको शब्दरचना रहेको गीतमा संगीत र स्वर आशिस अबिरलको छ । आशिसलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
योङ जेनेरशनलाई लक्षित गरेर लेखिएको गीतले प्रेमी (प्रेमिकाले आफ्नो प्रेमी–प्रेमिकासँग देखाउने एटिच्युड प्रस्तुत गरेको छ । आफूलाई सुनसँग तुलना गर्दै प्रेमीलाई फलाम भएको रोमान्टिक व्यङ्ग्य गर्ने गीतमा दुवैले एकअर्कालाई मन पराउने तर रमाइलोका लागि एकले अर्कोलाई जिस्काउने भाव छ । केटाले देखाउने समर्पणमा मदहोस प्रेमिका गीतको सारांश हो ।
गीतको भिडियोमा एलेक्स विश्वकर्मा (पारस) फोकस छन्। साथमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्रीको अभिनय छ। यो गीतको भिडियोमा कबिराजको आकर्षक कोरियोग्राफी छ ।
सयौं कोरसका बिचमा सिनेमाका मुख्यकलाकारले नृत्य छ ।

प्रायः बिना कोरस नायकरनायिकालाई मात्रै नचाउने अधिक सिनेमाबीच ‘ऐंचो पैंचो’ले सयौं कोरस र आफैँ सेटलगाएर निर्माण गरिएको भिडियोले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ । केपी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेशबुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराजगहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

(भिडियो सहित)