पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आफ्नो जन्मदिनको अवसरमा मेहनती छात्रालाई आर्थिक सहयोग

२०८० पौष १९, बिहीवार ०९:४५ बजे

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–१ पौराईका एक युवा व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा एक विपन्न परिवारको मेहनती छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण तथा पठनपाठनमा लाग्ने एक वर्षको सम्पुर्ण खर्च आफैले व्यहोर्ने भएका छन् ।
बुधवार पौराई स्थित श्री जनता आधारभुत बिद्यालय कक्षा ६ मा अध्ययनरत कल्पना कुमारी यादवलाई स्थानिय युवा व्यवसायी तथा समाजसेवी गौतम खड्काले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण तथा पठनपाठनमा लाग्ने एक वर्षको सम्पुर्ण खर्च आफैले व्यहोर्ने भएका हुन् । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर –५ ठेगाना भएकी यादवको सानै उमेरमा आमा वुवाको देहान्त पछि हाल पौराई स्थित मामा घरमा बसेर अध्ययनमा लागेकी अति मेहनती छात्रा कल्पनाको अध्यययनमा निकै रुचि भएको तथा आर्थिक अभावले पिल्सिएकोले आफुले एक बर्षको पठनपाठनको सम्पुर्ण खर्च व्यहोरेको व्यवसायी खड्काले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
व्यवसायी खड्का बाग्मती ईन्टरटेन्मेन्ट प्रालीका अध्यक्ष हुन् ।उनी बिगत लामो समयदेखि नेकपा माओवादी पार्टिमा आबद्ध रहेर काम गर्दे आएका छन् भने बर्षै देखि समाजसेवी संस्थानहरुसंग आबद्ध रहेर हातेमालो गर्दै आएका छन् ।