पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

बारावाट अवैध २१ लाख रुपैयाँसहित पाँचजना प्रहरी नियन्त्रणमा

२०८० फाल्गुन २१, सोमबार १६:२० बजे

काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराको टोलीले दुई दिनको अवधिमा ‘अवैध’ २१ लाख रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका–१, छत्वा कल्याणपुर हुँदै आइतबार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर०५एआर ३५०९ नम्बरको मोटरसाइकल जाँचका क्रममा १६ लाख नौ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारतको मोतिहारीका कृष्णलाल प्रसाद र रविशंकर सिंह छन् ।
गएको शुक्रबार तीनजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा बाराकै कलैयाका आसिफ मनि चेन्जर, महागढीमाईका मेराजुल हक अन्सारी र भारतको मोतिहारीका रन्जीत सराफ छन् । उनीहरूका साथबाट पाँच लाख रुपैयाँ बरामद गरिएको बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीले सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान थालेको छ । प्रहरीका अनुसार, उक्त रकम भारतबाट नेपाल ल्याइएको देखिएको छ ।