पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

सिड्नीको एक सपिङ सेन्टरमा छुरा प्रहार, प्रहरीद्वारा एक शङ्कास्पद व्यक्ति माथि गोलि प्रहार

२०८१ बैशाख १, शनिबार १३:४८ बजे

सिड्नी- शनिबार सिड्नीको एक सपिङ सेन्टरमा धेरै व्यक्तिहरु माथि छुरा प्रहार भएपछि शंकास्पद एक व्यक्तिलाई अस्ट्रेलियाली प्रहरीद्वारा गोलि हानी मारिएको छ ।

प्रहरीले स्थानीय समय अनुसार बेलुका ४ बजे (07:00BST; 08:00GMT) वेस्टफिल्ड बोन्डी जंक्शन भित्र उक्त घटना भएको जनाएको छ। 

अधिकारीहरूले घटनामा धेरै व्यक्तिहरू माथि छुरा प्रहार भएको र धेरै व्यक्तिहरूको मृत्यु भएको रिपोर्ट गरेका छन्। 

प्रहरीले संदिग्ध व्यक्तिलाई गोली हानेको हो वा घटना आतंकवादसँग सम्बन्धित थियो भन्ने पुष्टि अझैसम्म पनि गरेको छैन।

न्यु साउथ वेल्स एम्बुलेन्सले समाचार एजेन्सी एएफपीलाई भने अनुसार आक्रमणकारी मानिने एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ ।

यस घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको र थप विवरणहरु आउन बाँकी भएको अस्ट्रेलियाली प्रहरीद्वारा जनाइएकोछ।