पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एमाले

२०८० माघ ९, मंगलबार ०८:२८ बजे

काठमाडौं : संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ ।
आफूहरुले मंगलबार बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको उनले बताए ।
एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो । मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए ।